Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दोधारा चाँदनीलाई महत्वपूर्ण ट्रान्जिट हबका रुपमा विकास गरिने : मन्त्री साउद

17

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरको दोधारा चाँदनी नाकालाई सुदूरपश्चिम प्रदेशको मात्रै नभई सिंगो देशको प्रमुख आर्थिक पारवहन केन्द्रका रूपमा विकास गर्ने योजना अगाडि बढेको बताउनुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रीले दोधारा चाँदनी सुख्खा बन्दरगाह र महाकाली नदीमा चार लेनको सिमेन्ट पुल निर्माणको प्रक्रिया सुरु भइसकेको बताए ।

‘भारतीय पक्षले पनि सोही अनुसार भारतीय भूभागतर्फ काम गरिरहेको छ, कञ्चनपुर आर्थिक र पर्यटन विकासको उच्च सम्भावना बोकेको छ,’ उनले भने ।

उनले बनबासा किनारमा जनताको आवतजावतलाई सहज बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्रीका अनुसार यस मानसखण्ड क्षेत्रको योजनाबद्ध विकासका लागि नेपाल–भारत पर्यटन संयन्त्र स्थापना गर्ने प्रयास भइरहेको छ । त्यस्तै, डडेल्धुराको परशुरामधामलाई भारतको पूर्णागिरीसँग जोड्न महाकाली नदीमा पुल निर्माणका लागि सरकार भारतीय पक्षसँग सम्पर्कमा छ ।

कार्यक्रममा उपस्थित चेम्बरका अध्यक्ष, पूर्व पदाधिकारी तथा व्यापारी समुदायले आफूले भोग्दै आएको सीमा समस्या, पर्यटन तथा औद्योगिक विकासलगायतका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर