Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नक्कली नेपाली नोटसहित पक्राउ

19

रुपन्देही, भदौ २२ । महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित  एक ३८ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवकको नाम गौरव थापा बताइएको छ ।
गोरखा जिल्लाको गोरखा नगरपालिका-४ धारापानी घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्दै आएका थिए उनी ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर