Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाण थुनामै (आदेशसहित)

15

काठमाडौं, मङ्सिर १५ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशकाे राय बाझिएको छ । जनक पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश प्रकाश खरेल थुनामै राख्न आदेश भएकाले अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने भएको छ ।

उच्चले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्लाकै आदेश सदर गर्दै थुनामै राख्न आदेश गरेको हो । असार १ गते सबैलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।

शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक नारायण रिजाल, टङ्क कुमार गुरुङ, केशव तुलाधर र रामशरण केसीलाई धरौटी तारेकमा राख्न आदेश भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर