Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नवीकरण गरेर मात्र सञ्चालन गर्न चलचित्र घरलाई बोर्डको निर्देशन

16

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र घरहरूलाई  इजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिएरमात्रै सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गर्न पनि आग्रह गरेको छ ।

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घर/चलचित्र प्रदर्शन इजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न भनेको छ । उक्त अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हुने बोर्डको चेतावनी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर