Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

नागढुंगा सुरुङ मार्ग : विस्थापित परिवारलाई नगरपालिकाले घर भाडा दिने

16

चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा सुरुङ मार्गको पूर्वी भागमा पहिरो खसेपछि विस्थापित हुनेलाई घर भाडा उपलब्ध गराउन पहल गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बिहीबार नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर त्यसका लागि पहल गरेका हुन् ।

बिहीबार बसेको बैठकले प्रभावितलाई तत्काल प्रभावकारी घरभाडा उपलब्ध गराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रभावित घरपरिवारलाई मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घरभाडा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय र अन्य निकायलाई सिफारिस गरिएको छ । निर्माण कार्यका कारण त्यहाँको जग्गा भत्किएपछि ११ घरधुरीले विस्थापित भएको अभिलेख राखेका छन् ।

ती ११ घरलाई तत्काल स्थानान्तरण गरिने र समस्याको गम्भीरताका आधारमा अन्य परिवारको व्यवस्थापन पनि गरिने मेयर गिरीले बताए ।

तीन महिनाभित्र भूवैज्ञानिक अध्ययनको विस्तृत सर्वेक्षण प्रतिवेदन आएपछि मुआब्जालगायतका विषयमा छलफल हुने उनले बताए ।

निर्माण सुरु भएको तीन वर्ष सात महिनाको भदौमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्धार सुरुङ निर्माणको काम सफलतापूर्वक सम्पन्न भएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना नेपालमा आफ्नो प्रकारको पहिलो हो र यसको उद्देश्य नागढुंगा पास वरपरको सडकको अवस्था सुधार गर्नु हो, जसले गर्दा सहज यातायात सञ्जाल प्राप्त गर्न र काठमाडौं र नेपालका अन्य सहरहरू बीचको व्यापारिक गतिविधिमा सुधार गर्न योगदान पुर्‍याउनु हो। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थको खपत घटाउनुका साथै वायु प्रदुषण घटाउनेछ। सुरुङ निर्माणको काम अक्टोबर २०१९ मा सुरु भयो र अप्रिल २०२४ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर