Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नाग पञ्चमीमा नागको फोटो होइन Snake Plant रोपेर लाभान्वित बनौं

17

राजु विके, भदौ ४ । हिन्दू परम्पराअनुसार घरको अगाडिको ढोकामा नागको तस्बिर टाँसी आज नाग वा नाग देवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरमा सर्पको तस्बिर टाँस्दा सर्प, बिच्छीलगायत आगलागी र चट्याङबाट हुने क्षतिबाट बच्ने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालबाट सुरु भएको मानिन्छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ ।

यस दिन काठमाडौं उपत्यकाका नागपोखरी, टौदह र नागदहस्थित नागा मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । नाग पञ्चमीका दिन नाग र नाग परिवारलाई मानसम्मानका पूजासमेत गरिन्छ तर अन्य दिनहरुमा घरमा पसेको थाहा पाएपछि खोजी खोजी मारिन्छ । मानव सभ्यताको यो दोहोरो चरित्रले पर्यावरणबाटै सर्पहरुको विनाश हुने क्रम बढ्दो छ । कताकतै मात्र केही सर्प समात्न निपुण व्यक्तिहरुको उपलब्धताका कारण खबर पाउन साथ उनीहरु सम्बन्धित घरमा पुगेर सर्पलाई समाती कतै सुरक्षित ठाउँमा छोडी दिन्छन् । नेपाल भित्र अधिकांश गाउँशहरका समाजमा सर्प बारे सबै ज्ञान भएका, समात्न सिपालु व्यक्तिहरु उपलब्ध छैनन् । डर त्रासले मानिसहरु सर्पलाई मार्नुको अन्य विकल्प देख्दैनन् ।

यस भूग्रहमा ३००० भन्दा बढी सर्पका  प्रजातिहरू  छन् र तिनीहरू अन्टार्कटिका, आइसल्याण्ड, आयरल्याण्ड, ग्रीनल्याण्ड र न्यूजील्याण्ड बाहेक सबै ठाउँमा पाइन्छ । लगभग ६०० प्रजातिहरू विषालु छन्, र केवल २०० अर्थात् सात प्रतिशत जति सर्पले मानिसलाई मार्न वा उल्लेखनीय रूपमा घात गर्न सक्षम छन् ।

नाग पञ्चमीका दिन प्रायः जसो मन्दिर, नाग थान आदिमा गएर पूजाआजा गर्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । धेरै जसो घरको मूल ढोकामा नागको तस्वीर टाँसेर त्यसमा गाईको गोबर, अक्षेता आदि लगाएर नागलाई सम्झिने, श्रद्धाभाव अर्पण गर्ने गरिन्छ । नागको तस्वीर टाँसेर हुने फाइदाभन्दा धेरै फाइदा घरभित्र वा घर वरीपरी नागफनी (Snake Plant) रोपेर पाउन सकिन्छ । यो बिरुवाका धेरै प्रजातिहरु छन् । यसले १००% अक्सिजन दिन्छ । यो इन्डोर प्लान्टको रुपमा चिनिन्छ तर यसलाई घरबाहिर पनि रोप्न सकिन्छ ।

Snake Plant बाट सकारात्मक ऊर्जा उत्सर्जन हुनेहुनाले यो राम्रो बिरुवाहरुमा पर्दछ । नासाका वैज्ञानिकहरुले प्रमाणित गरे अनुसार यस विरुवाले हावामा उपस्थित  विषालु पदार्थहरुको प्रभावलाई निष्क्रिय पारी अस्वस्थ व्यक्तिलाई पनि स्वस्थ बनाउँछ । नासाले यसलाई वायु प्रशोधन गर्न सक्षम बिरुवाको रुपमा पुष्टि गरेको छ । यस बिरुवाले फर्मलडिहाइड र बेन्जिन जस्ता टक्सिनलाई सोस्नुका साथै रातिको समयमा धेरैभन्दा धेरै अक्सिजन फ्याँक्छ । त्यसैले नागको फोटो टाँस्नुभन्दा स्नेक प्लान्ट रोप्नु धेरै फाइदाजनक हुन्छ ।

Snake Plant ले धेरै पानी रुचाउँदैन । १५–१५ दिन वा एक महिनामा थोरै पानी हाले पुग्छ । धेरै पानी हाल्यो भने यो पहेंलिन्छ अनि जरा कुहिएर मर्छ । स्नेक प्लान्ट करिब ६ इन्चदेखि १२ फिटसम्म अग्लो हुन्छ । यसले थोरै प्रकाशयुक्त वातावरण र मौसम परिवर्तनलाई सजिलै झेल्छ । यो बिरुवालाई कीटादिले पनि हतपत आक्रमण गर्दैन । घरभित्र जुनसुकै कोठामा राख्न मिल्छ । केवल एउटा कुरालाईको ध्यान राख्नु पर्दछ त्यो हो यसको दिशा । यो बिरुवालाई कोठा वा घरको पूर्वी दक्षिण भागमा राख्नु वास्तु अनुसार राम्रो मानिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर