Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

17

चितवन । आगामी पुस ७ गतेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म विहान ११ बजेदेखि ३ बजेसम्म सडक हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको छ । अघिल्लो वर्षपनि सो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट नै सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

यो वर्ष पनि पुस ७ गतेदेखि ३ हप्तासम्म ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक आयोजनाले सो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम अघि बढाइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर