Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

नारायणी पूलबाट बेपत्ता भएका औषधि व्यवसायी ढकालको कुशको शव दाह संस्कार गरियो

24

रुपन्देही, भदौ ९ । बुटवल स्थित औषती घरका संचालक गंगा प्रसाद ढकालको खोजी कार्य गर्दा उनको पार्थिव देह अझै भेटिएको छैन । एक सातादेखि हराएका ढकाल अन्तिम पटक नारायणी नदीको पूलमा देखिएका थिए । पूलमा जडान भएको सिसिटिभी फुटेजले ढकाल पूलमा प्रवेश गरेको तर त्यहाँबाट फर्केको वा पूल पारी निस्केका देखाएको छैन । यसले उनी नारायण नदीमा हाम फालेको पुष्टि भइसकेको तर प्रहरी र स्थानीय गोताखोरहरुको अनवरत खोजी गर्नुका बावजुद उनको सांस र लाश मध्यै कुनै पनि फेला नपरे पछि आज ढकालको नामबाटै कुशको शव बनाएर देवघाट लगी दाहसंस्कार गरिएको छ ।

घर परिवारलाई ‘अव मलाई नखोज्नु’ भन्ने सन्देश पठाएर गत शनिवारदेखि हराइरहेका ढकाल चितवनको नारायणी पूलबाट गायब भएको समाचारहरु आइरहँदा विभिन्न माध्यबाट खोजी कार्य गर्दा पनि नभेटिएको हुँदा कुशकै शवलाई दाहसंस्कार गर्ने निर्णय गरिएको परिवार निकट स्रोतले जानकारी दियो ।

प्रहरीले दिनहुँ उनको खोजी गरेपनि फेला पार्न सकेको छैन । शनिबार घरबाट हिँडेपछि सम्पर्कविहीन भएका ५३ वर्षीय ढकाल सोही दिन चितवनको नारायणगढस्थित एक होटलमा बास बसेको खुले पनि त्यसपछि उनी कहाँ गए भन्नेबारे पत्ता नलागेको परिवारले जनाएको छ ।

मोबाइल र घडीसमेत घरमा छाडेर हिँडेका ढकाल सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेको थियो । ढकाल आइतबार साँझ सवा ७ बजे पछिल्लो पटक नारायणी नदीमा देखिएको गैंडाकोट प्रहरीले सूचनाका आधारमा जानकारी पाइएको जनाएको छ । त्यही समय पुलबाट एक जनाले हामफालेको सूचना प्रहरीमा पुगेको थियो ।

ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए ।
७० जिल्लामा औषधि पठाउने ढकाल एक सफल व्यवसायी थिए ।

बुटवलको मैत्रीपथमा औषधि पसल सञ्चालन गर्दै आएका ढकाल शनिबार घरबाट निस्किएका थिए । नारायणगढबाट अब मलाई नखोज्नु भन्ने सन्देश परिवारलाई पठाएको र छोरालाई अपरिचित नम्बरबाट फोन आएपनि कुरा हुन नपाएको बुझिएको छ ।
बुटवलबाट जाँदा आफूले प्रयोग गर्ने मोवाईल र लगाएको घडी समेत घरमै छोडेर सम्पर्क विहिन भएपछि परिवारले प्रहरीमा खवर गरेका थिए । प्रहरीका अनुसार सिसिटिभि फूटेजमा आईतबार साँझ नारायणी नदि नजिकै बाटोमा हिडेको देखिएको थियो । त्यसै समयमा नारायणी नदिको पूलबाट एक जनाले हाम फालेको सूचना पनि गैडाकोट प्रहरीमा पुगेको थियो ।

उक्त सिसिटिभि फुटेजमा ढकाल खाली खुट्टा नारायणगढतर्फबाट गैडाकोट तर्फ गएको देखिएको छ । तर गैडाकोट पुगेको नदेखिएकाले नदिमा हाम फाल्ने व्यक्ति ढकाल नै होकी भन्ने आशंका गरिएको छ ।
नारायणी नदि नजिकै देखिएको समय र कुनै व्यक्तिले नारायणीमा हाम फालेको भन्ने सूचना प्राप्त भएको समय मिलेकाले उहाँले नै हो की भन्ने आशंकालाई थप बलियो बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर कार्की बताउनुहुन्छ ।उहाँका अनुसार त्यसका आधारमा सुरुदेखि नै नारायणी नदिलाई सेन्टर बनाएर सम्भावित ठाउँहरुमा खोजी कार्य भईरहेको छ । घरका परिवारले नारायणि नदिबाट हाम फालेर आत्महत्या गरेको आशंकामा कुशको शव दाहसंस्कार गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x