Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नियम विपरीत विदेशी सेनामा भर्ती भएका नेपालीहरुको दुर्दशा

16

देशले खतरनाक अबस्था तब सिर्जना गर्छ जब देशका युवाशक्ति दक्ष जनशक्ति  परिचालन गर्न असमर्थ हुन्छ। जब देशको आर्थिक स्थिति कमजोर हुन्छ अनि युवा/ दक्ष जनशक्ति देशै बाट पलायन हुन थाल्छ । जसको अन्जाम अति भयानाक र दर्दनाक हुन सक्छ्। आज नेपालका दक्ष जनशक्ति बाध्यतावश गैरकानूनी रुपमै वैदेशिक रोजगारीमा हाम फाल्न बाध्य भएका छन्। यो अवस्थालाई एक प्रकारले आत्महत्यासँग तुलना गर्न सकिन्छ । र यस प्रकारको आत्महत्याका लागि दुरुत्साहन गर्नेमा नेपाल सरकार पर्दैन भन्न सक्ने वातावरण सृजना भइसकेको छैन । परिवारको कमजोर आर्थिक अवस्था सुधार्न लागि धन कमाउने आशमा विदेशिने निर्णय गर्दा घरमा पैसा होइन, लास आउँछ। पछिल्लो समयमा यो नै नेपाली युवाहरुको नियति बनेको छ र यस नियतिको स्रष्टा हो राज्य ।

वास्तवमा कुनै पनि देशको सेनामा भर्ती हुनको लागि भर्ती लिने र भर्ती हुनका लागि जनशक्ति दिने देश बीच कुटनीतिक तहको आपसी अनुमति र सहमति हुन आवश्यक छ । तर नेपाली जनशक्तिका लागि स्वीकृति पाएका भारत, ब्रिटिश, सिङ्गापुर जस्ता देश छोडेर धेरै देशले बिना अनुमति नेपालीहरुलाई आफ्नो सेनामा भर्ती गर्ने अनि युद्धमा धकेल्ने गरेको पाइएको छ। गैरकानूनी रुपमै अन्तर्राष्ट्रिय मापदण्डको कूटनीतिक विधि प्रक्रिया पूरा नगरी युक्रेन, रुस, फ्रान्स जस्ता देशहरुले नेपालीहरुलाई सेनामा भर्ती गरेका छन् ।

 

केही महिना अगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ।
अर्का एक जना रूसी सेनामा भर्ती भएका बर्दियाका बिवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

युक्रेनका पूर्व आन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन्।
हेरासचेन्कोले ट्विटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन्।

नेपाल सरकारले कुटनीतिक प्रयास गरेर यस्तो कानून विपरीत भएका कार्य रोक्न र विदेशी सेनाको चक्रव्यूहमा फँसेका नेपालीहरुलाई यथा शीघ्र नेपाल फर्काउनेतर्फ पहल गर्न जरुरी देखिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर