Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

निषेधाज्ञा लगाएकोमा नेपाल सरकारलाई सर्वाेच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

19

मंसिर ९, रुपन्देही । सर्वोच्च अदालतले काठमाडौँको माईतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको ०८० मङ्सिर ८ गतेको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ०८० मङ्सिर ४ गते एक विज्ञप्ति जारी गर्दै ०८० मङ्सिर ५ गतेदेखि पद्मोदय मोड, माइतीघर मण्डला, बबरमहलदेखि नयाँ बानेश्वर चोकसम्मका क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । जिल्ला प्रसाशन कार्यालयको उक्त आदेश विरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले निशेधाज्ञा खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएर ०८० मङ्सिर ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जबाफ पेश गर्न समेत भनेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर