Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

नेपालको प्लेइङ ११ मा एक परिवर्तन

20

हाङ्गचौं – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालका तीव्र गतिका बलर करण केसीलाई आजको खेलमा विश्राम दिएको छ ।

करणले विश्राम पाउँदा विकेटकिपर विनोद भण्डारीलाई टोलीमा मौका दिएको छ । नेपालले मंगोलियाबाट टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपालको बेन्चमा प्रतिश जि.सी, सागर ढकाल, विवेक यादव र करण केसी छन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएकोछ ।

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । यस खेलको विजेता टोली क्वाटरफाइनलमा स्थान बनाउनेछ । नेपालको लक्ष्य माल्दिभ्सविरुद्ध पनि रनको वर्षा नै हुनेछ ।

विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ । त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ । माल्दिभ्स र नेपालबीच हालसम्म दुई टि२० आई खेल भएको छ । २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो ।

नेपालको सम्भावित प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर