Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपालको विश्वकप खेल्ने सपना समाप्त

18

रुपन्देही, भदौ २२ । नेपाल आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । योसँगै २०२४ मा हुने ग्लोबल टि-२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएकोछ ।

जीतको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ Over मा ५९ रनमा अल आउट भयो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो । काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन् । Second Over मा थिपाचा पुथावोङले इन्दु र रुविना दुई प्रमुख ब्याटरलाई आउट गर्दै नेपालको जीतको सम्भावना कठिन बनाएकी थिइन् ।

Second Over मा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको छ । पाँचौं Over मा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

नेपालको भ्रदगोल ब्याटिङक्रमले सेमिफाइनल खेलमा पनि निरन्तरता पायो । ओपनर विन्दु रावललाई सातौं नम्बरमा खेलाएपनि उनले खाता खोल्न सकिनन् । यसअघि उनलाई नेपालले नवौं नम्बरमा समेत खेलाएको थियो । पुजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३  Over मा ६ रन खर्चेर ३ विकेट लिइन् । थिपाच्चा पुथावोङले ३.३ Over मा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । नाट्या बुचथमले ४ Over मा १६ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० Over मा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । नेपालको कमजोर ब्याटिङलाई उक्त योगफल जित निकाल्न पर्याप्त थियो ।

थाईल्यान्डको जीतमा शीर्षक्रमकी ब्याटर नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिएकी थिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच आउट गराएकी थिइन् ।

तर त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले संयमित ६८ रनको साझेदारी गर्दै जीतको बलियो आधार बुनेका थिए । प्रमुख ब्याटर चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट हुन पुगेकी थिइन् ।

चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ Over मा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो ।  पहिलो पटक ग्लोबल छनोट खेल्ने सपना यस पटक पनि पुरा हुन नसकी नेपाल बाहिरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर