Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय निर्णय

18

बुटवल । नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले  निर्णय  गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।

तर, आज रातभर भने कर्फ्यू कायम रहने  सम्भावना  रहेको छ । कर्फ्यू  हटाउन  जिल्लाको सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ ।  उक्त बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो छैन । आज सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांसद  डा धवल शमसेर राणा, प्रदेश सांसद नमुना केसी, नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन राय लगायतको उपस्थिति रहेको थियो ।

बाँके जिल्ला प्रहरी कार्यालय  प्रवक्ता डीएसपी नारायण डाँगीले  कर्फ्यू क्रमशः खुकुलो  बनाउँदै लैजाने भए पनि राती कर्फ्यू हटाउने विषयमा अहिलेसम्म कुनै निर्णय  नभएको रातोपाटीलाई बताए ।

नेपालगन्जमा मङ्गलवार दिउँसो  १ बजेबाट प्रशासनले कर्फ्यू  लगाएको  छ ।

one

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर