Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपालमा मुसलमानहरुको संख्या बढ्दै छ

17

 

लोक सारथी संवाददाता, रुपन्देही । नेपालमा पछिल्लो एक दशकमा मुसलमानहरुको संख्यामा वृद्धि भएको छ । सन् २०२१ को जनगणना अनुसार नेपालमा १२ लाख ५३ हजार मुसलमानहरु छन् । २०११ मा नेपालमा मुसलमानहरु संख्या देशको कुल जनसंख्याको ४.४ प्रतिशत थियो । यस हिसाबले नेपालमा १० वर्षमा ०.६९ प्रतिशत मुसलमानहरु बढेको देखिन्छ ।

द गार्जियनको एक रिपोर्ट अनुसार सन् २०३० सम्म नेपालमा मुसलमानहरुको जनसंख्या १७ लाख ५ हजार पुग्ने छ । सन् २०२१ को जनगणनाको हिसाबले हाल नेपालमा १४ लाख ८३ हजार ६० मुसलमानहरुको बसोबास छ जुन कुल जनसंख्याको ५.०९ प्रतिशत हुन आउँछ ।

नेपालमा हिन्दूहरु २०११ मा ८१.३% थिए जसमा ०.११% कमी आएको छ । २०२१ को जनगणना अनुसार नेपालमा अहिले २ करोड ३६ लाख ७७ हजार ७४४ जना हिन्दू छन् । हिन्दू पछि नेपालमा बौद्ध सम्प्रदाय जनसंख्याको हिसाबले दोस्रो स्थानमा छ । यद्यपि २०११ को तुलनामा बौद्धहरुको संख्या ०.७९% ले घटेको छ ।

१० वर्षको अवधिमा नेपालमा ०.३६% ले ईसाई सम्प्रदायका अनुयायीहरुमा वृद्धि भएको छ । अहिले नेपालमा ५ लाख १२ हजार ३१३ किश्चियनहरु बसोबास गरिरहेका छन् ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर