Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपालले थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

19

२२ भदौ, काठमाडौं । नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कलालाम्पुरमा रहेको यूकेएम वाइएसडी बाङ्गीमा नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला फिल्डिङ रोज्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

आजको खेल जितेमा नेपालले फाइनल पुग्दै पहिलो पटक ग्लोबल क्वालिफायर्सका लागि छनोट हुनेछ ।

नेपालको प्लेइङ ११ मा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, बिन्दु रावल, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर