Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाली क्रिकेटका पहिलो पहिलो ब्याचका खेलाडी सम्मानित

17

काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो ।

क्यानको केन्द्रिय साधारण सभा तथा अधिवेशनको क्रममा उनीहरुलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

उत्तम कुमार कर्माचार्य नेपालका पहिलो कप्तान समेत हुन् । त्यस टोलीमा वसन्त शाही ठकुरी वर्तमान नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक हुन् । जगत टमाटा यू-१९ टोलीका मुख्य प्रशिक्षक हुन् ।

सन्जय गुरुङ नेपालका ओडिआई खेलाई सकेको अन्तर्राष्ट्रिय अम्पायर समेत हुन् । त्यस बेला टोलीका मुख्य प्रशिक्षक सुनोज कुमार भट्टाईलाई पनि क्यानले सम्मान गरेको छ ।

पहिलो ब्याचका खेलाडी

उत्तम कुमार कर्माचार्य (तत्कालिन कप्तान), लेखबहादुर क्षेत्री, (एलबी) मनिषराज पाण्डे, बसन्त शाही ठकुरी, जगत बहादुर टमाटा, सन्जय गुरुङ, किरण शम्सेर राणा, राजु खड्का, पवन कुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर , विशाल गुप्ता र रितेश बराल ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर