Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले किलिमन्जारोको सफल आरोहण गरे

16

कात्तिक १७, रुपन्देही । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले अक्टोबर ३१ तारिख बिहान ६ः४० मा तान्जानियाको किलिमन्जारो हिमाल आरोहण गरेका थिए । पाण्डेले किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा पनि फहराएका छन् । हिमाल ५ हजार ८ सय ९५ मिटर अग्लो छ । पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेका हुन् ।

उनले सात महादेशका अग्लो हिमाल आरोहण गरी सात समिट पूरा गर्ने लक्ष्यका साथ यही जुन २९ गते बिहान ९ बजे रुसस्थित युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको पनि आरोहण गरेका थिए । यसअघि उनले सगरमाथा, मनास्लु, अमदब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । पाण्डेले सातै महादेशका अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर