Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल अविनाश आश्रममा नमस्ते नेपालको सद्भावपूर्ण तीज मिलन कार्यक्रम सम्पन्न

19

राजु विके
भदौ २४, रुपन्देही । रुपन्देहीको तिलोत्तमा –१५, कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरुको उत्साहजनक उपस्थितिमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिवार (भदौ २३) नमस्ते नेपालको आयोजनामा आश्रमकै प्राङ्गणमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नमस्ते नेपालका  संस्थापक अध्यक्ष अर्जुन खरेलले बताए । आगमनोन्मुख तीजको पूर्वसन्ध्यामा नमस्ते नेपालले तीज मिलन कार्यक्रम गरि आश्रममा संरक्षित बालबालिकाहरुसँग तीजोत्सव मनाउँदै उनीहरुलाई तीजको दर खुवाएको हो ।

तीजको दरमा पुडी, खीर, सब्जी, अचार, फलफूल, मिठाइ लगायतको सात्विक परिकार सहितको भोजन गरेर बालबालिकाहरु तृप्त भएका थिए । हाल आश्रममा करिब ४ वर्षदेखि १४–१५ वर्षसम्मका १९ जना बालबालिकाहरु संरक्षित छन् । उक्त कार्यक्रममा आश्रमका बालबालिकाहरु, नमस्ते नेपालको भगिनी संस्था बाल क्लवका पदाधिकारीहरु र नमस्ते नेपालका पदाधिकारीहरुको सहभागितामा रहेको थियो ।

सो कार्यक्रमका  प्रमुख अतिथि एवम् नमस्ते नेपालका सल्लाहकार दलबहादुर गुरुङले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा नमस्ते नेपाल सक्रिय युवाहरुको सामाजिक संस्था रहेको र यसले समाजकै विभिन्न पक्षलाई सामाजिक कार्यक्रम मार्फत् सम्बोधन गर्दै अघि बढेको बताए थिए । उनले माता पिता नरहेका वा जीवित माता पिताको लापरवाहीका कारण सडक जीवन जिउन बाध्य बनेका बालबालिकाहरुलाई यसरी सहयोग गर्न सामाजिक अभियान अन्तर्गत  नमस्ते नेपाल सक्रिय रहँदै यसरी निस्वार्थ कर्म गर्न सकेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । गुरुङले समाजलै गरेको भूलको असरले प्रभावित भएका बालबालिकाहरुको भविष्य सुनिश्चितताका लागि अभिभावकीय भूमिका खेल्दै आएको नेपाल अविनाश अनाथ आश्रमप्रति समेत आभार व्यक्त गरे ।

कार्यक्रमकै बीच बालबालिकाहरुलाई नमस्ते नेपालका सदस्य विशाल न्यौपानेले आफ्नो आर्थिक ल्याकत अनुसारको नगद रकम सहयोग गरे भने नमस्ते नेपालले होडिङ्ग बोर्ड सौजन्य स्वरुप आश्रमलाई हस्तान्तरण गरेको थियो । कार्यक्रमलाई संयोजकको भूमिकामा रहि सफल पार्न अहम् भूमिका निर्वाह गरेको भन्दै नमस्ते नेपालका कार्यसमिति सदस्य विपिन नेपाललाई प्रशंसा– पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने, कलाकार बेनु थापा, सिद्धबाबा मन्दिर विकास समितिका सदस्य कृष्ण पाण्डेय र नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, दीपेश कँडेलको सहभागिता रहेको नमस्ते नेपालका संस्थापक अध्यक्ष खरेलले बताए । कार्यक्रममा मौलिक तीज गीत र नृत्य समेत सहभागीहरुले प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुशील सुवेदीको स्वागतसँगै अध्यक्ष मनिष भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सन्दिप क्षेत्रीले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर