Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल आयल निगम ऋणमुक्त, पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन बाँकी

20

मंसिर १४, रुपन्देही । नेपाल आयल निगम ऋणमुक्त भएको छ । करिब ५० अर्ब रुपैँया ऋण रहेको नेआनि सबै ऋण चुक्ता गरेको हो । सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋणमुक्त भएको हो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ निगमले यसअघि नै चुक्ता गरिसकेको थियो ।

पछिल्लो समय उसले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण चुक्त गरेको हो । ऋण चुक्त गरेपनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भने गरेको छैन । निगमले अहिले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिदै आएको छ ।

निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागु गरेपनि असोजदेखि त्यो प्रणाली कार्यान्वयनमा ल्याएको छैन । स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार बिक्रि मूल्य निर्धारण गर्दा पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा निगमले राख्ने गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर