Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल एसिया कपमा भारतविरुद्ध सवैभन्दा उत्कृष्ट सुरुवात गर्ने टोली

18

एजेन्सी –यसै साता सम्पन्न एसिया कप २०२३ को च्याम्पियन भारतविरुद्ध नेपाल पावर प्लेमा सबैभन्दा उत्कृष्ट क्रिकेट खेल्ने टोली बनेको छ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।

नेपालले श्रीलंकाको कान्डीमा भारतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाउँद ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालले पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा ६५ रन बनाउँदा १ विकेट गुमाएको थियो । यस प्रतियोगितामा भारतविरुद्ध पावर प्लेमा कुनैपनि देशले बनाएको यो उच्च रन बन्यो ।

उता पाकिस्तान भारतले दिएको ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३२ ओभरमा १ सय २८ रनमा अल आउट भएको थियो । पाकिस्तानले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको थियो ।

सुपर फोरमै भारतले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलंकाले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

एसिया कपमा भारत बंगलादेशसँग ६ रनले पराजित हुन पुगेको थियो । जितको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत २ सय ४९ रन बनाएको थियो । बंगलादेशले पावर प्लेमा भारतविरुद्ध १० ओभरमा ३ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।

उता फाइनलमा श्रीलंका भारतसँग ५० रनमा अल आउट भएको थियो । श्रीलंकाले सुरुवाती १० ओभरमा ३१ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

पाकिस्तान र श्रीलंकाले भन्दा नेपालले भारतविरुद्ध धेरै राम्रो ब्याटिङ गर्यो । भारतविरुद्ध बंगलादेशपछि ठूलो योगफल बनाउने टोली नेपाल रह्यो । पावर प्लेमा भारतविरुद्ध नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्यो । श्रीलंकाले फाइनलमा नेपालले पावर प्लेमा बनाएको रन जति पुरै टोलीले बनाउन सकेन ।

नेपाल एसिया कपमा भारतसँग १० विकेट र पाकिस्तानसँग २ सय ३८ रनले पराजित हुँदै बाहिरिएको थियो । भारतले फाइनलमा श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर