Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

नेपाल औषधि व्यवसायी संघ बाग्लुङको अध्यक्षमा खगेश्वर पौडेल निर्वाचित

18

पोखरा । नेपाल औषधि व्यवसायी संघ बाग्लुङको अध्यक्षमा खगेश्वर पौडेल निर्वाचित भएका छन् ।

संघको दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्ष (थोक)मा शिशिर पन्त, उपाध्यक्ष (खुद्रा) मा चन्द्र रेग्मी निर्वाचित भए ।

यसैगरी संस्थाको महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम, सचिवमा दिनेश जिसी, उपकोषाध्यक्ष निर्मला पौडेल छन् भने सदस्यमा बाबुराम केसी, ईश्वरी गौतम र दिपेन्द्र पुन छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर