Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीले १६औँ योजनाका लागि प्रदेशस्तरीय छलफल सुरु

15

राष्ट्रिय योजना आयोगले १६औँ योजनाको तयारीका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशस्तरीय छलफल सुरु गरेको छ ।

त्यसैको एक हिस्साका रूपमा आयोगले आज मधेश प्रदेशमा छलफल गर्दैछ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार योजनाको मस्यौदामाथि छलफल गर्न आयोगको नेतृत्वमा सबै प्रदेशमा टोली परिचालन गरिएको छ ।

कर्णाली प्रदेशमा प्राकृतिक प्रकोपका कारण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो । योजनाको अवधारणापत्र र पूर्ण दस्तावेजमा छलफल, सुझाव, परिमार्जन र स्वीकृत गर्न आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा आयोगका सदस्यहरूको संयोजकत्वमा एक क्षेत्रीय उपसमिति, र महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रबाट सुझाव संकलन गरी योजना तयार गर्ने छ । चालु आर्थिक वर्षको १५ औं योजना यसै आर्थिक वर्षमा सकिँदैछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर