Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यकामा आज नि:शुल्क बस सञ्चालन

16

नेपाल प्रहरीले आज विजयादशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा नि:शुल्क बससेवा सञ्चालन गरेको छ।

दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुईवटा मार्गमा नि:शुल्क बससेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८:३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउनेछ भने अर्को बस नक्साल हुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर