Sat2024 July 27
२०८१ साउन १२, शनिबार

नेपाल सुपर लिग : आज धनगढी र काठमाडौं भिड्ने

18

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा रहेको छ । जारी लिगमा आज धनगढीले र काठमाडौंले छैटौँ खेल खेल्दैछन् । अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौं ८ अंकसहित चौथो स्थानमा छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर