Sat2024 July 27
२०८१ साउन १२, शनिबार

न्यायाधीश समाजको अध्यक्षमा मल्ल निर्वाचित

14

न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन्  ।

मंगलबार बसेको साधारणसभाले मल्ललाई समाजको अध्यक्षमा चयन गरेको हो । समाजको नयाँ कार्यसमितिलाई व्यवस्थापन समिति भनिन्छ ।

अन्यमा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ (उपाध्यक्ष), उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर (महासचिव), जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकाल (सचिव) र उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती (कोषाध्यक्ष) छन् ।

समाजको कार्यसमिति सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरराज पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन् ।

समितिको कार्यकाल दुई वर्षको हुन्छ ।

न्यायाधीश समाजले न्यायाधीशहरुको पेशागत हकहितको वकालत गर्दै आएको छ । समाजमा जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीश र पूर्वन्यायाधीशहरु सदस्य हुन पाउने व्यवस्था छ । अवकाश भएका न्यायाधीशहरुले भने पूर्वन्यायाधीश मञ्च नामको अर्को छुट्टै संस्था पनि खोलेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर