Sat2024 July 27
२०८१ साउन १२, शनिबार

न्युजिल्यान्डलाई हराउनै पर्ने दबाबमा अष्ट्रेलिया

15

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आज न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १० : ४५ मा धर्मशालामा सुरु हुँदैछ । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।

शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्न विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियालाई आजको खेल जित्नै पर्ने दबाब छ ।
पछिल्लो खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो ।

उक्त खेलमा ग्लेन म्याक्सवेलले ४० बलमै शतक हानेका थिए । म्याक्सवेलको उक्त लयले अष्ट्रेलियाको हौसला बढाएको छ । डेविड वार्नरले नेदरल्यान्ड्सविरुद्ध १ सय ४ र पाकिस्तानविरुद्ध १ सय ६३ रन बनाएका थिए । वार्नर शतकमा ह्याट्रिक लगाउन चाहन्छन् ।

पछिल्लो खेलको प्रदर्शनले अष्ट्रेलियाको मनोबल उच्च छ । स्टिभ स्मिथ र मार्नस लाबुसेनबाट आज अष्ट्रेलिया ठूलो इनिङ चाहन्छ । तुलनात्मक रुपमा कमजोर नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गरेको अष्ट्रेलिया आज परिक्षा हुनेछ ।

धर्मशालाको पिचमा स्पिनर एडम जाम्पाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडबाट सानदार बलिङ चाहन्छ ।

 

उता न्युजिल्यान्ड पछिल्लो खेलमा भारतसँग ४ विकेटले पराजित भएको थियो । डर्याल मिचेलले भारतविरुद्ध १ सय ३० रनको सानदार शतकीय इनिङ धर्मशालामा नै खेलेका थिए । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका मिचेलको प्रदर्शन न्युजिल्यान्डको लागि निकै महत्वपूर्ण हुनेछ ।

डेभन कन्वे प्रमुख ब्याटर हुन् । उनीबाट महत्वपूर्ण खेलमा न्युजिल्यान्ड ठूलो स्कोर चाहन्छ । यस विश्वकपमा युवा अलराउन्डर रचिन रविन्द्रले सानदार प्रदर्शन गर्दै आएका छन् । उनको लयलाई रोक्न अष्ट्रेलिया बलरलाई कठिन पर्नसक्छ ।

मध्यक्रमका ब्याटर टम लाथम, मार्क च्यापम्यान र ग्लेन फिलिप्सले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । न्युजिल्यान्डको तीव्र गतिको बलिङ आक्रामण मुख्य हतियार हो । ट्रेन्ट बोल्ट, म्याट हेनरी र लोकी फर्गुसनको बलमा रन जोड्न सहज हुनेछैन ।

हेड टु हेड :

विश्वकपमा न्युजिल्यान्ड र अष्ट्रेलियाबीच कुल ११ खेल भएका छन् । जसमा अष्ट्रेलिया ८ र न्युजिल्यान्ड ३ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डसँग हारेको छैन ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर