Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी

17

पर्सा । छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन् ।

शिक्षक अभावका कारण ०८० कात्तिक १२ गतेदेखि विद्यालयमा माध्यमिक तहको पठनपाठन अवरुद्ध भएको छ । माध्यमिक तहका शिक्षक नहुँदा लामो समयदेखि कक्षा ६ देखि १० सम्मका पठनपाठन नभएपछि बाध्य भएर तालबन्दी गर्नु परेको विद्यार्थीहरूले जनाएका छन् ।

mahadev mabi4

विद्यालयमा तालाबन्दी गर्नुको साथै विद्यार्थीहरूले प्रदर्शन समेत गरेका छन् । प्रदर्शनको क्रममा विद्यार्थीहरूले प्रधानाध्यापक वीरेन्द्र यादवको सरुवा समेत माग गरेका छन् ।

त्यस्तै, शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मको पठनपाठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले बताउनु भयो । अवरुद्ध रहेको पठपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेको प्रधानाध्यापक यादवले बताउनु भयो । साथै विद्यार्थीहरूसंगै आएका केही राजनीतिक व्यक्तिहरूले विद्यालयमा तालाबन्दी गराएको प्रधानाध्यापक यादवको आरोप रहेको छ ।

यस अघिको शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै अख्तियारमा परेको मुद्दाका कारण अभावमा रहेको शिक्षक व्यवस्थापन गर्न समस्या भएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताउनु भयो । विद्यालयको समस्या समाधान गर्न मङ्सिर १० गते कार्यपालिकाको बैठक बोलाएको बताउदै उहाँले केही दिन मै समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर