Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पढेर नेपाल मै थेचारिने डा. लाई कुट्नु पर्छ

19

कुट्नु पर्छ केटाहो मान्छे उठाएर भानि कुट्नु पर्छ
यत्रो पढेर नेपाल मै थेचारिने डा. लाई कुट्नु पर्छ ।
के गरे हँ यिन्ले नेपालां बिरामीलाई उपचार गरेर
जान्ने भाका खुपै, उपचार गर्ने भाका आफै मरेर ।।

यिन्लाई कुट्ने मात्र होइन देशबाटै भगाउनु पर्छ
किन चाहियो जनसेवा गर्ने डा. नर्स, धपाउनु पर्छ ।
नेपालमा नफर्किनेगरि विदेशतिरै खेदाउनुपर्छ,
तिमिले केही गर्न सकेनौ जस्ले गर्छ लखेट्नु पर्छ ।।

तिमिले केही दिन सकेनौ दिनेलाई चुट्नु पर्छ,
तिम्रा पुर्खाले जे सिकाए त्यही नै पस्कदै त होला ।
तिम्ले जे सिकेउ त्यही नै अरुलाई सिकाउने होला,
तिम्ले कुटन मात्रै नसिक अब त जुटनुपर्छ ।।

तिमिले लुटन सिकेउ अब त दिन पनि सिक न,
तिमिले मार्न सिकेउ अब त बचाउन पनि सिक न ।
कुट्नु पर्छ केटाहो मान्छे उठाएर भानि कुट्नु पर्छ,
केहि गर्छु भन्ने दक्ष जनशक्तिलाई कुट्नु पर्छ ।।

डा, इन्जिनियर, शिक्षक, नर्स सबैलाई कुट्नु पर्छ,
सबलाई भगाउ तिमि मात्रै ०८४ मा चुनाव लड्नु पर्छ ।
बुथ कब्जा गरेर मतपेटिका खोसेर जित्नुपर्छ,
दक्ष जनशक्तिलाई भगाउन तिमीहरु उठ्नुपर्छ ।।

कुट्नु पर्छ केटाहो मान्छे उठाएर भानि कुट्नु पर्छ
यत्रो पढेर नेपाल मै थेचारिने डा. लाई कुट्नु पर्छ ।
के गरे हँ यिन्ले नेपालां बिरामीलाई उपचार गरेर
जान्ने भाका खुपै उपचार गर्ने भाका आफै मरेर ।।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर