Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पत्नी र छोराको हत्या घटनाका आरोपित गिरफ्तार

16

नौबहीनी गाउँपालिका — ३ की २२ वर्षीया रिमा बुढामगर र तीन वर्षीय मुस्कान बुढामगरको हत्या गरेको आरोपमा २२ वर्षीय कमल बुढामगरलाई प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नी र छोराको ०८० कात्तिक २७ गते हत्या गरेर घर भन्दा टाढा रहेको खरबारीमा फालेको  भन्दै  मृतक पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए  ।

घरमा नभेटिएपछि खोज्दै जाँदा मृतकहरूको शव मङ्सिर १ गते  खरबारीको खोल्सा भेटिएको डिएसपी ईश्वर थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम  मङ्सिर ३ गते जिल्ला अस्पताल बिजुवारमा गरी परिवारको जिम्मा लगाएको डिएसपी थापाले बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर