Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘परदेशी २’ हेरेपछि हरिवंश बने निकै भावुक

14

नेपाली समाजको वास्तविक कथालाई भन्न रुचाउने निर्देशक नारायण रायमाझीको तेस्रो निर्देशकीय फिल्म ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको फिल्मको शुक्रबार बिहान काठमाडौं नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष शोज राखिएको थियो, जहाँ केही चर्चित सेलिब्रेटीहरु सहभागी थिए ।

 

pardeshi 2

अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मले मन, मुटु, दिमाग सबै छोयो । मेरो आँखा रोयो । लोक संस्कृतिले लप्पकै लिपेको छ फिल्म । यस्तो फ्लेवरको फिल्म आजकल बन्न कम भएको छ । प्राविधिक पक्षमा पनि फिल्म सबल छ ।’ उनले यही फिल्मबाट डेब्यू गरेका गायक प्रकाश सपूतको अभिनयको प्रशंसामा पनि शब्द खर्चिए ।

 

haribansha acharya

‘गीतसंगीतमा राम्रो क्रेज बनाउनुभएको प्रकाश सपूतले एकदमै राम्रो अभिनय गर्नुभएको छ । केकी अधिकारी र वर्षा सिवाकोटीले पनि राम्रो काम गर्नुभएको छ । लोक संस्कृति मन पराउने दर्शकलाई फिल्म मन पर्नेछ,’ उनले भने । यस्तै, कलाकार दीपकराज गिरीले परदेशिनेहरुको संवेदनालाई फिल्ममा देखाइएको बताउँदै निर्देशक रायमाझीको प्रस्तुतीकरण शैलीको खुलेर प्रशंसा गरे ।

 

deepakraj giri

उनले भने, ‘नारायण दाईको आफ्नो खालको प्रस्तुतीकरण छ । र, प्रस्तुतीकरणमा उहाँको आफ्नै खालको मौलिकता भेटिन्छ, जुन मसला खालको फिल्मभन्दा पृथक छ । उहाँले परदेशिनेहरुको संवेदनालाई फिल्ममा व्यक्त गर्नुभएको छ ।’ उनले प्रकाश सपूतको अभिनय हेर्दा पहिलो फिल्म हो जस्तो नलागेको पनि बताए । उनले गायनसँगै अभिनयमा पनि राम्रो गर्न सक्ने गिरीको विश्वास छ ।

 

manoj gajurel

हाँस्य कलाकार मनोज गजुरेलले भने ‘परदेशी २’ नेपाली फिल्म क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने जिकिर गरेका छन् । फिल्मले देशको जल्दोबल्दो समस्या बोलेको बताउँदै उनले भने, ‘अहिले देशमा युवाहरु नै भेटिँदैनन् । विदेश पलायन भैरहेका छन् । घरमा पाहुना आउँदा बोल्ने समेत हुँदैनन् । अहिले यो आम नेपालीको पीडा हो । यसलाई फिल्मले एकदमै मिहीन ढंगले देखाएको छ ।’ लोक गायिका शान्तिश्री परियारले फिल्मभित्र हाँसो र रोदन दुवै रहेको र आफू कति ठाउँमा गहभरी भएको बताइन् । विशेष शोमा सकारात्मक प्रतिक्रिया मिलेपछि उत्साहित देखिएका निर्देशक रायमाझीले फिल्ममा घर-घरको कथा रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । त्यस्तै, अभिनेता सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी फिल्मलाई रुचाइएकोमा खुसी देखिए । (FILMY KHABAR)

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर