Sat2024 July 27
२०८१ साउन १२, शनिबार

परिवारको सम्पर्कबाट बाहिर रहेका दृष्टिविहिन बालक मृत फेला

20

गुल्मी । परिवारको सम्पर्कबाट बाहिर रहेका चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका ६ वर्षीय दृष्टिविहिन बालक इश्वर क्षेत्रीको शव पुस २ गते फेला परेको छ ।

बालक मङ्सिर २२ गतेबाट परिवारबाट सम्पर्क विहिन भएको पिवारले जनाएको छ ।  बालकलाई दिउँसो स्थानीयले घरदेखि करिब एक किलोमिटर टाढा जङ्गलमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

बालक हराएपछि आफूहरूले सबै ठाउँ खोजेपनि १० दिनमा मृत अवस्थामा फेला परेको चन्द्रकोट गाउँपालिका-३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पाण्डेय नेतृत्वमा प्रहरी टोली हर्राचौर पुगेर अनुसन्धान शुरू गरेको छ । घटना मुचुल्का पश्चात शव पोष्टमार्टम पुस ३ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर