Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पाउँदिनन् गरिमाले फिल्ममा मेन रोल

25

दुई सयभन्दा ज्यादा म्यूजिक भिडियो खेलेकी गरिमा शर्माले निरन्तर फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन् । तर, उनलाई मुख्य भूमिकामा लिने आँट मेकरले गर्न सकेका छैनन् । उनको डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा छिन् । शुक्रबार सार्वजनिक टिजरमा उनको उपस्थितिले पनि यो पुष्टि गर्छ ।

उनले दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा पनि सहायक भूमिकामै काम गरेकी छन् । यो फिल्म आगामी असोज ११ गतेबाट प्रदर्शन हुँदैछ । अहिले उनी तेस्रो फिल्म ‘वर एन्ड वधु’मा काम गरिरहेकी छन् । छायांकन सकिने बेला फिल्ममा जोडिएकी उनको विशेष भूमिका रहेको जनाइएको छ । अर्थात् यसमा पनि उनको प्रमुख भूमिका होइन । तीनवटै फिल्ममा उनी सहायक भूमिकामा सीमित छिन् ।

यद्यपि, फिल्ममा मुख्य वा सहायक भूमिका भन्ने कुराले खासै महत्त्व राख्दैन । त्यो भूमिका कति सशक्त छ र अभिनय कति जीवन्त छ भन्ने महत्त्वपूर्ण हो । त्यसले कलाकारको करिअर निर्धारण गर्छ । यसैले गरिमालाई सहायक भूमिकाबाटै आफूलाई प्रमाणित गर्ने अवसर छ । उनका तीन फिल्ममध्ये कुनै एउटा मात्रै पनि सफल भए उनलाई मुख्य भूमिकामा मेकरले विश्वास गर्ने बाटो खुल्नेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर