Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पाकिस्तानमा बहिनी र उनका प्रेमीको बन्चरो प्रहार गरी हत्या

17

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा अनर किलिंगको एउटा घटनामा एक व्यक्तिले प्रेम सम्बन्धको आशंकामा आफ्नी बहिनी र उनको प्रेमीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । प्रहरीले बुधबार यो जानकारी दिएको हो । घटना प्रान्तीय राजधानी लाहोरबाट करिब ३७५ किलोमिटर टाढा मुजफ्फरनगर जिल्लाको अलीपुर तहसीलमा मंगलबार भएको हो।

प्रहरी अधिकारी हसिब जावेदका अनुसार हुसैनले उनकी २० वर्षीया बहिनी जैतून बीबीको फैयाज हुसैनसँग सम्बन्ध रहेको आशंका गरेका थिए । प्रहरी अधिकारीले भने, “आरोपितले मंगलबार आफ्नी बहिनीलाई पछ्याए र उनलाई फैयाजको घरमा भेट्टाए। बहिनी र उनका प्रेमीमाथि बन्चरो प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

अपराध गरेपछि आरोपितले प्रहरीसमक्ष आत्मसमर्पण गरी अपराध स्वीकार गरेका थिए । जावेदले भने, ‘आरोपीले यसबाट आफ्नो परिवारको इज्जतमा ठेस पुग्छ भन्ने विश्वास गरेका थिए, त्यसैले उनले आफ्नी बहिनी र उनको प्रेमीको हत्या गरेका थिए । पाकिस्तानमा हरेक वर्ष यस्तो झुटो सम्मानको नाममा धेरै मानिसको हत्या हुने गरेको छ । यसमा अधिकांश पीडित महिला छन् । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार देशमा हरेक वर्ष झण्डै एक हजार महिलाको झुटो इज्जतको नाममा हत्या हुने गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर