Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पाकिस्तानमा श्रीकृष्ण मन्दिर मस्जिदमा परिणत

16

पाकिस्तानबाट हिन्दु समुदायलाई उत्पीडनका समाचार आएपनि उनीहरुको मन्दिरमा भएको आक्रमण र प्रशासनको कारबाहीका बारेमा पनि समाचारहरु आइरहेका छन् । तर पछिल्लो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा मन्दिरलाई मदरसामा परिणत गरिएको देखाइएको छ । भिडियो पाकिस्तानको पञ्जाब प्रान्तको हो । यस भिडियोको सुरुमा झ्यालमा ‘श्री कृष्ण’ लेखिएको र माथिको बालकनीमा बाँसुरी बजाइरहेको कृष्णको मूर्ति कुँदिएको स्पष्ट देख्न सकिन्छ ।

भाइरल भिडियोमा उक्त व्यक्तिले विभाजनअघि यो मन्दिर थियो तर मस्जिदमा परिणत भएको बताएका छन् । अहिले यहाँ एकातिर नमाज पढिन्छ भने अर्कोतिर मदरसामा बालबालिका पढ्छन् । भिडियो बनाउने व्यक्तिले त्यहाँ पढाउने हाजीको अन्तर्वार्ता लिए। यो क्षेत्रकै पुरानो भवन भएको हाजीले बताए । यहाँ ७० वर्षदेखि नमाज पढाइन्छ र बालबालिका पढ्छन् । यहाँबाट पढेर केटाहरु स्वदेश तथा विदेशमा काम गरिरहेका छन् ।

यस ठाउँमा यति धेरै प्रमाणहरू छन् कि कसैले यो मन्दिर हो भन्न सक्छ, तर हाम्रा पुर्खाको पालादेखि यहाँ मदरसा चल्दै आएको काजीले बताए । भिडियोमा व्यक्तिले भित्रबाट धेरै ठाउँहरू देखाए जसबाट यो कुनै समय हिन्दू मन्दिर थियो भन्ने पुष्टि हुन्छ । जानकारी अनुसार यो पाकिस्तान सरकारद्वारा संचालित छ।

पञ्जाब प्रान्तको सादिकाबाद अहमदपुर लम्मा सहरमा रहेको श्रीकृष्ण हिन्दू मन्दिरलाई लिएर मदरसा सञ्चालन गरेको भन्दै धेरै हिन्दुहरूले विरोध गर्दा स्थानीय मुस्लिम समुदायले उक्त मन्दिर हिन्दू मन्दिर भएको प्रमाण मागेका थिए तर गेटमा भगवान कृष्णको मूर्ति कुँदिएको थियो । झ्यालमा लेखिएको ‘श्री कृष्ण’ र भित्री भवनमा ‘घण्टा’ झुण्ड्याउनका लागि बनाइएको हुकले यो पहिले हिन्दू मन्दिर थियो भन्ने संकेत गर्छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर