Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पृथ्वीनारायण शाहको शालिक अनावरणसँगै राप्रपाको शक्ति प्रदर्शन

17

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएका बताए ।  यता काठमाडौंमा भने दुर्गा प्रसाईं समूहले राजतन्त्रको मागसहित आन्दोलन गरिरहेको छ ।

गोप्य स्रोतका अनुसार कुनै प्रतिक्रियाबिना नै सहजै सत्ता छोड्दा ज्ञानेन्द्र र दलहरुकाबीच गोप्य सहमति भएको दाबी छ । सहमति अनुसार दलहरुले काम नगरेकाले अब उनीहरुले नै सत्ता आफूलाई दिनुपर्ने गोप्यताका कुरा आज ज्ञानेन्द्रले खोल्न सक्ने स्रोतको आँकलन रहेतापनि ततसम्बन्धमा पूर्व राजा ज्ञानेन्द्रको केही प्रतिक्रिया भने आएन ।

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाइकल र्याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउँदा सडकमा लामबद्ध भएका समर्थकहरूले पूर्व राजालाई स्वागत गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर