Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँ घट्यो

13

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

कोशी प्रदेशमा भने  पेट्रोलको मूल्य १६९ रुपैयाँ पचास पैसा र डिजेलको मुल्य १६५ रुपैयाँ पचास पैसा पर्नेछ ।

petrol-new-price-KapuriNews

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर