Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पैसाका लागि नाबालिकाहरुलाई यौन धन्दामा लगाउने सपना परिन् प्रहरीको फन्दामा

15

काठमाडौं । नयाँ बसपार्क तथा कलंकीस्थित विभिन्न होटल गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने एक महिला पक्राउ परेकी छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकी सपना नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्दैै आएको प्रहरी अनुुन्धानबाट खुलेको छ । उनले गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको आरोप छ ।

सपनालाई गत बिहीबार (मंसिर १४ गते)पक्राउ गरेको हो । त्यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको हो ।

१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका सपना भन्ने पूजा रानालाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी विगत १० महिनादेखि कलङ्की र नयाँ बसपार्कका होटलमा राखेर जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा मङ्सिर १३ गते मौखिक उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई मङ्सिर १४ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पङ्गेनीले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले कलङ्कीबाट बालिकाहरूलाई उद्धार गरेको छ । एसपी पङ्गेनीका अनुसार उद्धार गरेका बालिकाहरूलाई प्रहरीले सुरक्षित आवास गृहमा राखिएको छ ।

ब्यूरोले तीन जना नाबालिकाहरूको उद्धार समेत गरेको छ । १० महिनादेखि ती नाबालिकाहरूलाई डर त्रास देखाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।उद्धार गरिएका नाबालिकाहरूलाई सुरक्षित आवासमा राखिएको ब्‍यूरोले जनाएको छ । यसरी नाबालिकाहरूलाई यौन व्यवसायमा लगाउने अन्यको पनि ब्यूरोले खोजी गरिरहेको छ ।

यसअघि प्रहरीले एक जना काठमाडौंको रातोपुलस्थित स्पा सेन्टरका सञ्चालकलाई पनि पक्राउ गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर