Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पोखराको होटेलमा महिला मृत फेला, पाँचजना पक्राउ

13

काठमाडौं । पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् ।

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा सञ्चालकले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले मृतकको शव हेर्दा शंकास्पद देखिएको बताए ।

एसपी थापाले होटेलमा सीसीटीभी नभएको र परिचयपत्र समेत नराखेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

होटेलमा महिला मृत भेटिएपछि कास्की प्रहरीले पाँचजनालाई पक्राउ गरेको जनाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर