Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्री घाइते

17

दाङ । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रीवाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्री घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटना भएको हो ।

आज बिहान बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

लमही अस्पतालमा घाइतेको उपचार भइरहेको छ । सवारी चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा १६ यात्री सवार थिए । तीमध्ये दुईजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । रासस

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर