Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन नसकेकोमा प्रधानमन्त्रीकाे चिन्ता

16

रुपन्देही । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन सकिएको छैन,’ प्रधानमन्त्रीले हिजो राष्ट्रको नाममा गरेको सम्बोधनमा भनेका छन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल गरिएको उनको दाबी छ ।

पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउन्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन दिइने उनले बताए ।

प्रधानमन्त्रीले पोखरा र भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थलको समेत निर्माण सुनिश्चित गरी हाल सञ्चालनमा रहेका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा विस्तार सार्वजनिक तथा निजी साझेदारी मोडलमा अघि बढाउने विकल्पमा छलफल भइरहेको बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर