Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पोल्याण्ड, स्लोवाकिया र हंगेरीबाट EU को अवज्ञा; युक्रेनी अन्न आयातमा प्रतिबन्ध

18

एजेन्सी, भदौ ३१ । पोल्याण्ड, हंगेरी र स्लोवाकियाले युरोपेली संघको अवहेलना गर्दै युक्रेनी अनाज आयातमा अस्थायी प्रतिबन्ध विस्तार गर्ने भएका छन् ।

शुक्रबार, ईयूले पूर्वी युरोपका केही देशहरूमा युक्रेनी अन्नको निर्यातमा अस्थायी प्रतिबन्ध निलम्बन गरिएको घोषणा गरेका थिए ।

गत मे महिनामा अपनाइएको अस्थायी उपायले युक्रेनी गहुँ, मकै, रेपसीड र सूर्यमुखीको बीउको आयातलाई बुल्गेरिया, हंगेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियामा प्रतिबन्ध लगाएको देखियो ताकि यी देशहरुमा सस्तो युक्रेनी अन्नका कारण व्यापार घाटा भोगीरहेका किसानहरूको जोखिमलाई न्यून गर्न सकियोस् ।

युक्रेन अनाजको प्रमुख आपूर्तिकर्ता हो र कालो सागर मार्गहरू प्रयोग गर्न असमर्थ हुँदा निर्यात पठाउन आफ्ना छिमेकी देशहरूमा आश्रित रहेको छ । युक्रेनका नेता भोलोडिमिर जेलेन्स्कीले शुक्रबार यो समाचारमा खुसी व्यक्त गरे, तर उनका पोल्याण्डका समकक्ष माटेउज मोराविकीले ईयूको निर्णयलाई स्वागत गरेनन्।

तीन देशहरूले आफ्नै उपायहरू लागू गर्ने निर्णयका कारण इयूका अधिकारीहरू चिढिने सम्भावना छ। यसअघि शुक्रबार, युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष भाल्डिस डोम्ब्रोभस्किसले देशहरूलाई नयाँ सम्झौताको लाइनमा काम गर्न र युक्रेनी अन्न आयातमा एकपक्षीय उपायहरूबाट टाढा रहन आग्रह गरेका थिए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर