Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पौडी खेल्नेक्रममा डुबेर दाजुभाइको मृत्यु

58

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ ।

बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर