Sat2024 July 27
२०८१ साउन १२, शनिबार

प्रजापिता ब्रह्मबाबाको सत्य घटनामा आधारित चलचित फिल्म महोत्सवमा प्रदर्शन हुँदै

15

मंसिर ७, रुपन्देही । प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका संस्था दादा लेखराज कृपलानी ‘ब्रह्मबाबा’ को जीवनमा आधारित एनिमेटेड फिल्म द लाइट ए जर्नी विद इन लाई गोवामा आयोजित हुनगइरहेको ४९औं भारतीय अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका लागि मनोनित गरिएको छ । ब्रह्मकुमारीद्वारा संचालित गड्लीहुड स्टुडियोका कार्यकारी निर्देशक ब्र.कु. हरिलाल भानुशालीले दिएको जानकारी अनुसार उक्त फिल्म क्रिएटिव प्रोडूसर शूजीत सरकार र आइरियलिटिज टेक्नोलजी तथा गडलीहुड स्टूडियोले निर्माण गरेका हुन् ।

फिल्म महोत्सव २० नवम्बरदेखि सुरु भएर २८ नवम्बरसम्म चल्ने छ । उपरोक्त फिल्मको प्रिमियरका लागि २५ नवम्बर सन्ध्याकाल तय भएको छ । यस अवसरमा ब्रह्मकुमारिजकी अतिरिक्त मुख्य प्रशासिका जयन्ती दादी बाहेक शुजित सरकार, हरिलाल भानुशाली, एनिमेशन निर्देशक प्रसाद अजगांवकर लगायतका व्यक्तित्वहरुको विशेष उपस्थिति रहने छ ।

यो फिल्म मानव संसारमा सर्वाेच्च ज्योतिर्विन्दु परमात्माको प्रवेश र भगवानको मानव रथ पिताश्री ब्रह्मा बाबाको जीवनमा आएको महानु परिवर्तनमा आधारित छ । यस फिल्मले दर्शकहरुलाई एक परिवर्तनकार ियात्रामा लैजाँदै भावनात्मक रुपले गुञ्जिने फिल्मी पर्दाको श्रव्यदृश्य अनुभवहरु यकीनमा रुपान्तरित गर्ने छ । गोवामा हुनगइरहेको फिल्मी उत्सवको मकसद नै फिल्मको खुशीलाई उल्लासमा रुपान्तरित गर्नु हो । फिल्ममा समावेश गरिएको सत्य घटनामा आधारित कथावस्तुले त्यस आनन्द, उत्साह र प्रेरणालाई उजागर वा मुखरित गर्दछ जुन फिल्म हेरेर जीवनमा प्राप्त हुनेगर्दछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर