Sat2024 July 27
२०८१ साउन १२, शनिबार

प्रधानमन्त्री दाहालले गरे मानव सेवा आश्रमको अभियानको प्रशंसा

19

 

प्रधानमन्त्री पुष्पकमल दाहालले परोपकारी संस्था मानव सेवा आश्रमले देशैभरका असहायलाई उद्धार गर्न थालेको मेची–महाकाली अभियानको प्रशंसा गरेका छन् ।

शुक्रबार आफ्नै निवास बालुवाटारमा आयोजित कार्यक्रममा असहाय उद्धारको राष्ट्रव्यापी अभियानमा संलग्नलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले चाडपर्वसँगै संस्थाको यस्तो पुण्यपूर्ण काम सुन्दा आफू खुसी भएको बताए ।

सडकमा भिख माग्ने असहायलाई मानव सेवा आश्रमले सहारा र आश्रय दिनेछ ।

विपन्न जनताको सेवा गर्नु परोपकारी काम भएको बताउँदै उनले राजनीतिभन्दा पनि महत्वपूर्ण काम भएको बताए । प्रधानमन्त्री दाहालले यस्तो परोपकारी काममा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

“मानव सेवा आश्रमका गतिविधिले नेपालमा खाँचोमा परेका जनताको सेवा र उद्धारमा समर्पित धेरै व्यक्ति थिए भन्ने प्रमाणित गरेको छ”, उनले मेची–महाकाली अभियानमा लाग्ने टोलीलाई शुभकामना व्यक्त गरे ।

टोलीलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महा)ले मानव सेवामा अतुलनीय परोपकारी संस्था मानव सेवा आश्रमको कार्यलाई अवलोकन गरेका थिए ।

पूर्वको मेची पुलबाट सुरु भएको अभियान ३८ दिनसम्म चल्ने छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर