Sat2024 July 27
२०८१ साउन १२, शनिबार

प्रहरीमाथि आक्रमण गरेको आरोपमा ११ जना गिरफ्तार

15

प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय महेन्द्र शाही, प्रहरी सहायक हवल्दार २९ वर्षीय किशोर रजवार र प्रहरी जवान २५ वर्षीय वीरेन्द्र शाहीमाथि आक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले ११ जना स्थानीयहरुलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

भाइटिकाको दिन कात्तिक २९ गते महवै गाउँपालिका–७ राम्नीका धनजय चौलागाईँको घरमा भएकाे विवाद नियन्त्रण गर्न पुगेका प्रहरी टाेलीमाथि आक्रमण गरेको आरोपमा  प्रहरीले  ११ जनालाई आरोपितहरुलाई घरबाटै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको  प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । ।

गिरफ्तार पर्नेमा महावै गाउपालकिा–७ का २२वर्षीय प्रकाश सुनार, सोही ठाउका १८ वर्षीय राकेश सुनार, सोही वडा नम्वर–२ का २४ वर्षीय हरि कामी,२० वर्षिय लोकेश बिक, २१ वर्षीय प्रकाश काफ्ले, २८ वर्षीय मोहन बिक, २४ वर्षीय वीरेन्द्र बिक , २४ वर्षीय अग्नि प्रसाद काफ्लेर्, २१ वर्षीय भरत सुनार, १८ वर्षीय नवीन सुनार र १९ वर्षीय जनक विक रहनु भएको  डिएसपी  केसीले बताउनुभयो ।

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर संकेत विकले जानकारी दिनुभयो । कालीबहादुर मल्ल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर