Sat2024 July 27
२०८१ साउन १२, शनिबार

फलो अप : चुरियामाई मन्दिर क्षेत्रमा भएको बस दुर्घटनाका घाइतेहरुको खुलासा

20

रुपन्देही, भदौ ७ । चालकसहित २७ यात्रु बोकेको बस चुरियामाई मन्दिरभन्दा १०० मिटर दक्षिणमा खोलामा खसेको थियो । दुर्घटनामा कम्तीमा १९ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा भारत राजस्थानका का घनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन्।

यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन्।
त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई क्षेत्रमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्लाको लोहारपट्टी निवासी एक नेपाली र भारतको राजस्थान प्रदेशका ६ जना भारतीय नागरिक रहेका छन् ।तीव्र गतिमा गुडिरहेको बसका चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने अनुसन्धानबाट खुलेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर