Sun2024 May 19
२०८१ जेठ ०६, आइतबार

बंगलादेशमा नेपाली खेलाडी सुनिराले रजत जितिन्

10

२४ कात्तिक, काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा रहेको वल्र्ड टेनिस टुर जुनियर, जीआर ५ को सर्किट १ मा शुक्रबार रजत जितेकी छन् ।

ढाकाको शेख जमाल राष्ट्रिय टेनिस कम्प्लेक्समा भएको महिला एकलको फाइनलमा सुनिरा भारतकी एलिना फरीदसँग ६-३, ६-० ले पराजित भइन् र रजतमा सीमित भइन्।

बंगलादेश टेनिस संघले आयोजना गरेको प्रतियोगितामा २७ खेलाडीको सहभागिता रहेको थियो । सुनिराले पहिलो राउण्डमा बाई पाएर प्रि क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।

प्रि-क्वार्टरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ ले हराएकी सुनिराले क्वार्टरफाइनलमा भारतकी प्रिन्सी मण्डगल्लालाई ६-४ र ६-४ ले हराएकी थिइन् । सेमिफाइनलमा सुनिराले भारतकी देवान्सी गोहिललाई ६-३ र ६-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर