रुपन्देही । २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने लत लागेको छ । उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् र उनी सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् ।
उनले आफूहरुले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतीले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरुले १०५ बच्चा चाहेको बताएका थिए । त्यसपछि उनीहरुको यो पोस्ट भाइरल भएको थियो ।
‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ र हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । यो शहरमा सेरोगेसी गैरकानुनी छैन र सेरोगेट महिलाहरुलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन ।
क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरु जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् त्यो क्लिनिकले नै उनीहरुको लागि सेरोगेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरुसँग सम्पर्कमा हुँदैन ।