Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बझाङमा आधा घन्टापछि झन् ठूलो भूकम्प

18

काठमाडौं । बझाङमा आजै दुईचोटी गएको भूकम्पका कारण घरहरु भत्किएका छन् । २६ मिनेटको फरकमा मंगलबार दिउँसो भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको २६ मिनेटपछि बझाङकै आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ । ६.३ म्याग्निच्युडको भूकम्पको धक्का देशका धेरै स्थानमा महसुस गरिएको जनाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर