Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बझाङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

16

 

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठूलो भौतिक क्षति निम्त्याएको थियो।

भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको थियो । असोज १६ गते यता बझाङ केन्द्रबिन्दु बनाएर दर्जनौंपटक भूकम्प गएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर